काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटनामा बृद्धि हुनुको मुख्य कारण निर्वाध मदिरा सेवन र लागू औषधीको निर्बाध ओसार प्रसार भएको ठोकुवा गरेका छन् । विहिबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको बिषयमा सदनलाई जानकारी दिँदै गृह मन्त्री थापाले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका २ बस्ते सरस्वती माविमा अध्ययनरत १३ बर्षीया निर्मला पन्त लगायतका अन्य बिशोरी, बच्चा र महिलाको बलात्कार हुनुको पछि मदिरा र लागूऔषध नै मुख्य कारण भएको बताएका हुन् ।
उनले बलात्कार पछि हत्या भएको घटनाप्रति यसलाई नियन्त्रण गर्न सरकार कठोर कदम चाल्दै गरेको भन्दै घरेलु हिंसा बढ्नुको कारण घरेलु मदिराको निर्वाध र खुला कारोबार र सेवन भएको दाबी गरे । उनले बलात्कारका घटनाप्रति समग्र मुलुकको ध्यानाकर्षण भएको बताए पनि अन्य घटनाका दोषीमाथि कारबाही वा छानबिनको बारेमा भने स्पष्ट बताएनन् । गृहमन्त्री थापाले साउन १० गते प्रहरीले खोजतलास गर्दा साउन ११ गते नगरको वार्ड नं १८ स्थित उखुबारीमा शब भेट्टिएको जनाए । उनले मोहनियालका २२ को जीवन घर्तीमगर र दीपक मेघीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...