“बलात्कार घटना कहालिलाग्दो”ः संजाल – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

“बलात्कार घटना कहालिलाग्दो”ः संजाल

एक रिपोर्ट

पछिल्लो समयमा देशभर बलात्कार र बलात्कार पछि हत्या भएका घटनाहरुलाई महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भिरताका साथ लिंदै, उचित अनुसन्धान गरि सहि पीडकको पहिचान, पिडित÷प्रभावितको न्यायका लागि सदा झैँ विशेष अभियान संचालन गरेको छ ।

कैलाली र कञ्चनपुरमा माया बिक, कविता विष्ट र निर्मला पन्त माथि भएका बालात्कार र बलात्कार पछि हत्या भएको घटनाको विरोधमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका केन्द्रीय सदस्य निर्मला बाग्चनको नेतृत्वमा श्रावण १७ गते सुरु गरिएको आन्दोलनको पहिलो चरण यही श्रावण २४ गते सम्पन्न भएको छ ।

महिला मानवअधिकार रक्षक संजाल कैलालीको नेतृत्वमा सबै महिला अधिकारकर्मीहरुद्वारा धनगडी केन्द्रित अभियान कै क्रममा माया विक र कविता विष्ट माथि भएको जघन्य अपराधका आरोपितको पहिचान गरि प्रहरीद्वारा अनुसन्धानका लागि थुनामा राखिएकोमा धन्यवाद भन्दै निष्पक्ष एवं उचित अनुसन्धानका प्रक्रियाहरु अबलम्बन गरि सकेसम्म चाडो हदै सम्मको कारवाही (आजिवन कारावासको ब्यवस्था) गरियोस् भन्ने गरिएको छ । त्यसैगरी निर्मला पन्तमाथि भएको बलात्कार र बलात्कार पछि हत्या गर्ने दोषीहरु अझै गिरफ्तार पर्न नसकेकोमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको ध्यानाकर्षण गराएको छ ।

यही २४ गते अर्थात् महिला मानव अधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष डा.रेणु अधिकारीद्वारा कंचनपुरमा स्थलगत अनुसन्धान, प्रहरी, महिला आन्दोलनकर्मी, स्थानीय निकायका जनप्रतिनिधिहरुसँग छलफल गरि अनुसन्धान सुरु गरिएको छ । प्रहरी उपरीक्षक दिल्लीराज बिष्टलाई भेटि प्रहरी अनुसन्धानका सम्बन्धमा जानकारी लिंदै, अनुसन्धानको प्रक्रियालाई अझ तिब्र बनाउने तथा अनुसन्धानका प्रक्रियाहरुका बारे महिला आन्दोलनकर्मी, पिडित परिवारलाइ बेला बेलामा जानकारी गरउनुका साथै सके सम्म चाडो अपराधीहरु पक्राउ गरि हदै सम्मको कारबाही गर्न जोड दिएको छ ।

बलात्कारका घटनाका तथ्यांकलाई हेर्दा, ओरेक नेपालेमा दर्ता भएका बलात्कारका घटनाहरुलाई मात्रै हेर्ने हो भने पनि २०७५ को बैशाख देखि असार सम्ममा १०१ वटा बलात्कार, ति मध्ये ३ जनाको बलात्कार पछी हत्या र थप ४ जनाको सामुहिक बलात्कार गरि १०५ वटा रेकर्ड गरेको छ । संचार माध्यममा आउने भन्दा ठूलो संख्यामा बलात्कारका घटना हुने भर्खरै नेपाल प्रहरीले सार्वजानिक गरेको तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै १,४८० बलात्कारका घटना दर्ता भएका छन् ।

जस अनुसार हरेक दिन चार जना महिला तथा बालिका माथि बलात्कारका घटना हुने गरेको छ । यो अवस्थाले हरेक नेपालीलाई लज्जित बनाएको छ । नेपालको मानवअधिकारको अवस्था चित्रण गरेको छ । यो अवस्थाको परिवर्तन बिना देशमा स्थायित्व आउन नसक्ने यथार्थता बोध गर्दै महिला मानवअधिकार रक्षक राष्ट्रिय संजालको अध्यक्षको अध्यक्षतामा प्रदेश नम्बर ७ को राजधानी धननगढीमा रहेका महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, पत्रकार, नागरिक समाज सबैको संयुक्त बैठकद्वारा प्रदेश नम्बर ७ स्तरीय बलात्कार बिरुद्धको अभियानलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

बलात्कार, यसका कारण र बलात्कार प्रभावित र पिडितहरुको मानावधिकारलाई केन्द्रमा राख्दै यो अभियान अगस्त १० देखि सुरु गरि डिसेम्बर १० अर्थात् मानवअधिकार दिवस सम्म संचालन गरिने छ । यो अभियानको सचिवालय आोरेक नेपाल परियोजना कार्यालय, हसनपुर ५ मा रहने छ । यो अभियानको संयोजक महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालकी केन्द्रीय सदस्य श्री निर्मला बागचन तथा सह संयोजकको रुपमा इन्सेक नेपालका कृष्ण बि.क. तथा सिविन नेपालका हरिलाल चौधरी रहेका छन् । सबै अधिकारकर्मीहरुद्वारा संयुक्त रुपमा संचालित यो अभियानले निम्न मागहरु समेत गरिएको छ ।

ड्ड हालसम्म बाहिर आएका घटनाहरु बिशेष निर्मला पन्तको बलात्कार गरि हत्या गर्ने र उक्त कार्यलाई सघाउने सबै पीडकहरुको सत्य तथ्य उचित अनुसन्धानको माध्यमबाट अबिलम्ब बाहिर ल्याई दोषीलाई हदै सम्मको कारवाही गर्नुपर्ने ।

ड्ड अठार वर्ष भन्दा कम उमेरका बलात्कार प्रभावित र पिडित बालिकाहरुको लागि सरकारी तहबाट उचित संरक्षण, मनोविमर्षका साथै शिक्षा, जिविको पार्जनको अधिकारको सुनिश्चितता गर्दै सामाजिक पुनः एकीकरणको ब्यबस्था गर्नुपर्ने ।

ड्ड फौजदारी संहितामा रहेको बतात्कारका दोषीलाई विभिन्न उमेर समुहका लागी फरक फरक सजायको व्यवस्थाका प्रवधानहरु खारेज गर्नुप¥यो ।

बलात्कारीलाई सर्वस्व हरण सहित आजन्म कैदको व्यवस्था गर्नुपर्ने ।

स्थानीय तहका टोल टोलदेखि सबै तहमा बलात्कार बिरुद्धको अभियान संचालन गर्नुपर्ने

बलात्कारको प्रमुख कारणको रुपमा रहेको महिलालाई हेर्ने विभेदकारी परम्परालाई निर्मूल गर्न समुदाय तह देखि नै हानिकारकपरम्परा रुद्धको रणनीति बनाई कार्यान्वनको व्यवस्था गर्नुपर्ने ।

समुदाय तहदेखि नै सकारात्मक शिक्षा पुरुषहरु कै नेतृत्वमा सुरु गर्ने सरकारी तवरबाट नै ब्यबस्था गर्नुपर्ने ।

सामुदायिक प्रहरी को व्यवस्था, टोल टोल मा सुरक्षा को संयन्त्र निर्माण गर्दै सुरक्षा को व्यवस्था कडा पार्नुपर्ने ।

समुदाय तहदेखि नै लागु पदार्थ दुब्र्यसन बिरुद्धको अभियान संचालन, दुब्र्यसनमा फँसेकाहरुको पुनःस्थापना र मनोविमर्शको व्यवस्था गर्नुपर्ने ।

युवा, किशोर किशोरीहरुका लागी समुदाय तह देखि मनोविमर्ष, यौन शिक्षा, व्यवसायिक परामर्शको व्यवस्था गर्नुपर्ने लगायतका रहेका छन् ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७५ श्रावण २८, ०७: ५१

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७५ श्रावण २८, ०७: ५१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७५ श्रावण २८, ०७: ५१

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...