काठमाडाैं । पासो लागि मान्छे मरेको डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासका कारण महिलाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले नुवाकोट घर भइ हाल ललितपुरको सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २५ गते बिहान प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका बस्ने कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको र घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको जनाएको छ ।
डोरीले कसेर हत्या गर्ने र त्यो डोरी महँगोमा बेच्ने योजनासहित तीन जनाले कमलाको ज्यान लिएको प्रहरीको दावी छ । प्रहरीले अभियुक्तहरु २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगरलाई पक्राउ गरि सार्वजनिक गरेको हो । भदौ २४ गते नै चिनजानमा रहेकी कमलाकहाँ पुगेको र राति कमलाको हत्या गरेको महाशाखाका डिएसपी निशान थापाले जानकारी दिनुभयो ।
हत्या गर्ने डोरीमा शक्ति हुने र ऐनामा नदेखिने कुरा अन्धविश्वासमात्र भएको थाहा पाएपछि उनीहरुले डोरी नजिकैको इनारमा फ्याँकेर फरार भएका थिए । त्यसपछि उनीहरुले मृतकका कानमा लगाएको गहना र मोवाईल लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै प्रहरीले ठूलो परिमाणमा भण्डारण गरिएको अवैध आतिसवाजी एवं पटाका सहित ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा गढिमाई घर भई हाल कुपण्डोल बस्ने बर्ष ३० का उमेश कुमार जैसवाल रहेका छन् ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको...
१. श्रावण १०पछि देखिएको अभूतपूर्व राष्ट्रिय एकता सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा सामान्य वादविवादपछि जुन प्रकारले परिस्थिति हिन्दु मुस्लिम...
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...