
बेनी । माग्दीमा कोरोनाभाइरस विरुद्धको पूर्ण खोप करिब ५८ हजारभन्दा बढीले लगाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लमसालले जानकारी दिएका छन् । गत वर्ष १४ माघबाट माग्दी जिल्लामा खोप कार्यक्रम सञ्चालन भएपछि हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताएका हुन् ।
प्रमुख लम्सालले पहिलो मात्रा लगाएर दोस्रो नलगाउने जिल्लामा १४ प्रतिशत रहेको बताउदै जोनसन एन्ड जोनसन (एकपटक मात्रै लगाए हुने) समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएको बताए । उनले १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको बताए ।
लम्साले खोप लगाउन छुटेका र दोस्रो खोप लगाउन बाँकी तत्काल स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आएर खोप लगाउन अनुरोध गरिएको स्वास्थ्य कार्यालयले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...