ट्रक यातायात व्यवसायी महासंघको सातदिने अल्टिमेटम – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper
इन्धनको मूल्य बढ्दा खाध्यान्नमा भाउ आकाशियो

ट्रक यातायात व्यवसायी महासंघको सातदिने अल्टिमेटम

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि अनुसार सात दिनभित्र वैज्ञानिक भाडादर कायम गर्न माग गरेको छ । ट्रक यातायात ब्यवसायी महासङ्घले ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले व्यवसायमा परेका विविध समस्याहरुलाई तत्काल सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञानपनत्र बुझाएका हुन् ।
महासंघले ट्रक यातायात व्यवसाय विभिन्न समस्याहरुले गर्दा व्यवसाय रुग्ण अवस्थामा पुगेको र तत्कालै ती समस्याहरु समाधान हुन नसके व्यवसायनै बन्द गर्नु पर्ने अवस्था भएको हुँदा सरकारले तत्काल पहल नचाले देशैभर ढुवानी सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

ज्ञापन पत्रमा सरकारले छोटो समयमै पटक–पटक पेट्रोलियम पदार्थमा गरेको अस्वभाविक मूल्यवृद्धिले प्रत्यक्ष रुपमा यातायात व्यवसाय धरासायी बनेको जनाउँदै वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरु संचालन गर्ने र डिजेलको मूल्यमा प्रतिलिटर रु ५।– तलमाथि हुने वित्तिकै भाडादर समायोजन गर्ने भनी यातायात व्यवस्था विभाग र नेपाल ट्रक यातायात व्यवसायी महासंघवीच भएको लिखित सहमतिसमेत उलङ्घन भएको उल्लेख गरेका छन् ।

मंहासंघ र यातायात व्यवस्था विभागबीच भएको लिखित सहमति कार्यान्वयन नहुदै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले डिजेल प्रतिलिटर रु २९ बृद्धि भएको अवस्थामा ट्रक व्यवसायीहरुले पुरानै भाडादरमा व्यवसाय संचालन गर्न नसक्ने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले नयाँ विकल्प डट कमलाई बताए ।

ज्ञानपत्रमा मुलुकलाई चाहिनेभन्दा बढी ट्रकहरु नेपालमै भएको अवस्थामा भारतीय गाडीहरुको निर्वाध आवागमन भइरहेको र भारतीय ट्रकहरुले कानुनले तोकेभन्दा बढी भारवहन गरिरहेको, नेपाली ट्रकहरुलाई भारतीय भूमिमा ५ किमिसम्म प्रवेशका लागि दुतावासबाट सिफारिस बनाउनुपर्ने लगायतका झन्झटिला प्रावधानहरु व्यहोनुपर्ने, भारतीय ट्रकहरु जहाँतही निर्वाध रुपमा आवागमन गर्ने गर्नाले नेपाली यवसाय धरासायी हुन पुगेको उल्लेख गरिएको छ ।

महासचिव बानियाँद्वारा हस्ताक्षरीत पत्रमा भारतीय र चीनिया मालवाहक गाडीहरु जहाँतही निर्वाध आवागमनको अन्त्य गर्नु पर्ने र यस्ता माल वाहक गाडीले नेपाली सडकहरु ध्वस्त हुदै गएको तर्फ यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै पत्रमा भारतीय सीमा क्षेत्रवाट व्यापक रुपमा डिजेल तस्करी भईरहेको, नेपालमा सामान लिएर आउने भारतीय ट्रकहरुले फर्किदा मौजुदा ट्याङकीमा मात्र होइन थप ट्याङकीमा पनि डिजेल भरेर जाने गरेकोले नेपाली अर्थतन्त्रमा र ईन्धन आपुर्तिमा गम्भीर समस्या उत्पन्न हुने स्थिति रहेकोले यस्तो कार्य तुरुन्तै रोकिनु पर्ने उल्लेख गरिएको छ ।
भारतमा थोत्रिदै गएका ट्रकहरु नेपालको सीमा क्षेत्रमा ल्याई चलाउने प्रवृति व्यापक रुपमा बढेकोले यस्ता समस्याहरुलाई समयमै समाधान नगरे नेपाल थोत्रा ट्रकहरुको डम्पिङ साईड बन्ने खतरा रहेको महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा हस्ताक्षरीत ज्ञापन–पत्रमा जनाइएको छ । यसरी पटक पटक इन्धनको मूल्यवृद्धि भएपछि दुवानी गर्ने गाडी भाडा पनि बढ्ने हुदा अहिले नै बजारमा खाद्य सामाग्रीको मूल्य आकाशिने क्रम जारी छ भने सरकारको कुनै निकायले अनुगमन गरको देखिदैन ।

यस्ताे छ ज्ञापन-पत्र..

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७८ फाल्गुन २९, १८: २४

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७८ फाल्गुन २९, १८: २४

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ फाल्गुन २९, १८: २४

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...