
जनकपुरधाम । जानकी नवमीको पावन अवसरमा विश्व हिन्दू परिषद् नेपालले विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । धनुषा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा अलौकीक कन्यापूजन समारोहको आयोजना गरेको हो ।
जनकपुरधाम–७ स्थित जानकी पतञ्जली योग साधना केन्द्रको प्राङ्गणमा मंगलवार आयोजित समारोहमा २ सय ५४ कन्याहरुको सहभागिता रहेको थियो ।
विवाह पञ्चमीको अवसरमा परिषदद्वारा आयोजित सामूहिक विवाह समारोहमा ११ कन्याको कन्यादान गर्ने काठमाण्डौ निवासी सुनिल कुमार अग्रवाल लगायतका सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित अलौकिक कन्या पूजन समारोहको मुख्य उद्देश्य समाजमा व्याप्त महिला हिँसा, भ्रुण हत्या एवं दाईजो प्रथा जस्ता कुरितीहरु उन्मूलन गरी समरस एवं सभ्य समाज निर्माण गर्नु रहेको आयोजकले बताएको छ ।
आगामी दिनहरुमा समेत राष्ट्र, धर्म र समाजहीतका लागि विश्व हिन्दू परिषद नेपालले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । कार्यक्रममा प्रमुख अतिथि परिषद्राका राष्ट्रिय संगठन मन्त्री श्रीप्रल्हाद रेग्मी, विशिष्ट अतिथि प्रद्युम्न उपाध्याय,
अतिथि पवन ठाकुर, सत्यनाराण ठाकुर, ओम प्रकाश सर्राफ, इ.प्रकाशचन्द्र साह, अंकेश्वर यादव, मनोहर साह एवं जिल्ला समतिका पदाधिकारी, कार्यकर्ता सहित स्थानीयवासीको सहभागिता रहेको थियो ।
काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
१.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...