Morning walk – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

Morning walk

‘दौडाइ प्रेम’ को

यो Alarm को धुन पनि गजब को छ बिहान ५ बज्न नपाउदै बज्दा कहिले नभेट्ने गरेर परै मिल्काइदिउ जस्तो लाग्छ फेरि हरेक साझ एसलाई नमिलाई सुत्न यो मन मान्दैन । कहिलेकाही लाग्छ मेरो जीवन एसको सहारा बिना चल्न सक्दैन किनकी धेरै समय भै सक्यो दिनको सुरुवात गर्नको लागि बिस्ताराबाट उठाउन यसको जरुरत पर्न लागेको ।

आज पनि उहीँ समयमा बज्यो र आज पनि मेरो हालत उहीँ छ, अझ केहिबेर बिस्तरा छोड्न मन लाग्दैन तर पनि उठनुपर्छ । ब्याचलर अन्तिम बर्षको परिक्षा पछि त दैनिक कृयाकलापमा नया topic जोडिएको छ morning walk. उहीँ जुत्ता र उहीँ ट्र्याक सहित सुरु भयो मेरो गन्तव्यसम्म पुग्ने लक्ष्यको दौडाइ । घरबाट निस्किदै गर्दा दायाँबायाँको माहोल केही परिवर्तन थिएन । महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ रहेको उत्तर फर्किएको सेन्टर पोइन्ट को ३ तले भवन र राजमार्गदेखि उत्तरतर्फ रहेर दक्षिण फर्किएको टेस्टी हटको भवन एक अर्कालाई एसरी हेरिरहेका थिए ।

मानौ उनिहरुको सम्बन्ध केहि समय पहिले छुटिएको प्रेम जोडिको जस्तो हो, जो नचाहदा नचाहदै एक अर्कासँग अलग भएका छ्न र अझ पनि एक हुने दुबैमा मन देखी इच्छा छ तर यो सम्भब भने छैन । १ मिनेटको दौडाइपछि आइपुग्यो झराहि खोलाको पुल, खोला आज पनि शान्त थियो, १०७ मिटरको यो दुरि पार गरिरहदा आज पनि यसले कुनै आवाज निकालेन, बिना कारण सबैसँग रुष्ट भएर एक्लिएको अबोध बालकको जस्तो अवस्था छ यो खोलाको र हरेक बर्ष ९–१० महिना यसतै हालतबाट गुज्रिएको हुन्छ ।

बर्खायाममा कहिलेकाही आउने भेलबाट नै यहाँका ढुङ्गाले बर्ष भरिको आफ्नो प्यास मेटाउने गर्छन । खोला पार गर्ने बितिकै आयो चैतारी । आज पनि पन्डित बाजे खाली खुट्टा वर पिपलको ठुटा बोटमा पानी चढाउदै घुमिरहेका थिए । यो दृश्य मेरो लागि नौलो छैन, हरेक बिहान म देख्ने गर्छु यी बाजेलाइ अनि यी काटिएका वर पिपलका बोट जो अब फेरि पलाउने र पहिले जस्तै ठूलो भएर आफ्नो अस्तित्व देखाउने सपना बोकेर बसिरहेका छन । तर त्यहि ठुटामा पानी हाल्दै गरेका बाजेका मुहारमा भने अब केही समयपछि यी भएका ठुटा पनि नरहने त्रास देखिन्छ ।

बाटो सुनसान छ, घरीघरी लामा दुरिका बस र मालबाहक गाडीहरू हुइकिएर आइ रहेको परैबाट अनुमान लगाउन सकिन्छ । बाटो पारी आज पनि त्यहि अनुहार देख्दै छु । जुन म morning walk गर्दाको पहिलो दिन देखि देख्दै थिए । हरेक दिन देखिँदा मात्र पनि एक अलगै साइनो गासिदो रहेछ । बिगत १५–१६ दिनदेखि हामी एक अर्कालाइ देखिरहेका छौ । तर त्यसले कुनै महत्व राख्दैन । उ उहि स्थानमा उभिने गर्छे आफ्नो गन्तव्यसम्म लैजाने साधन को पर्खाइमा भने म यहि स्थान हुँदै जान्छु आफ्नो गन्तव्य तिर ।

हरेक दिन उसको शरीर मा कुनै परिवर्तन हुदैन, आकाशी कलरको सटमाथी टाइ, खैरो (brown) कलरको पेन्ट अनि कालो लेदर सुज, सदै उसको अनुहारको भाव उस्तै हुन्छ । ठिक्क मिलेका आँखा अलिकती चुचो नाक, आँखा माथी परेलिमा हल्का गरि लगाएको गाजल अनि दुई आखिभौको बिचमा सानो कालो टीका । simple नै भएपनी उसको पातलो शरीरमा थाइकट गरिएको कपालले गर्दा जो कोहि पनि उसलाई एक पटक नहेरी बस्न सक्दैन । सुरुका दिन हरुमा त्यति ख्याल नभएपनी आज भोलि उसको नजिक भएर जादा उसले लगाएको Spinz perfumed को बासना पत्ता लगाउन मलाइ समय लाग्दैन ।

हरेक बिहान मेरा लागि यी सबै दृश्य अब नौलो भएनन । अन्जानै सहि आज उसलाइ देख्दै गर्दा मेरा ओठ नमुस्कुराइ बस्न सकेनन् । मेरो ओठ को भाब मा उसलाइ पनि सहमती जनानु साएद कर हुदो हो उसले पनि उसैगरी । एसरी नै २–३ दिन बित्यो हरेक दिन म मु्स्कुराउथे उसलाई देखेपछि अनि उ पनि मुस्कुराइ दिन्थी थाहा छैन मन लागेर हो या अरु केही कारण । सनिवार बाहेक हरेक दिन यो सिलसिला चली रह्यो, त्यहि छुटिएका जोडि भवन, त्यहि खोला, त्यहि काटिएका वर पिपलका बोट अनि त्यहि पुजा गर्ने बाजे र उहीँ अन्जान व्यक्ति जोसँग मानौ मुस्कानको मात्र साइनो छ ।

एकदिन उसैगरी म खोला पारी चौतारा अगाडि पुगेको थिए आज पनि बाजे उसै गरि काटिएका वर पिपललाई पानी चढाउदै थिए र उहीँ अनुहार जोसँग मलाइ मुस्कान साट्नु थियो बाटो पारी उसैगरी आफ्नो बसको प्रतीक्षा गर्दै बसेकी थि । आज मलाई उसलाई देख्ने बितिकै हात उठाएर Hi भन्नू मन लाग्यो र उसैगरी । प्रतिउत्तर मा उस्ले पनि उसैगरी आफ्नो हात उठाएर मन्द मुस्कान सहित ज्ष् भनि यो क्रम चलिनै रह्यो सुरुमा देखेको दिनदेखि एक अर्कालाइ देखेर मुस्कुराउन हामिलाई १६ दिन लाग्यो, मुस्कान Hi मा बदलिन ४ दिन, एसरी नै एक दिन मैलेनै Hi नभनी नययम good morning भने उस्ले पनि उसैगरी उहीँ पहिले जस्तै मुस्कान सहित ।

दिन बित्दै गए, मलाइ alarm ले उसैगरी उठाउथ्यो, म उसैगरी दौडिन्थे, खोला पनि सान्तनै रहिरह्यो, बाजे उसैगरी पानी चढाउदै गए र हामी उसैगरी मुस्कान सहित को बिहानी अबिबादन गर्दै गयौ । एक दिन एसै घरमा दिउसो facebook चलाउदै थिए Dream Girl लेखिएको एक id को फोटो मा मेरो एक साथिले गरेको कमेन्ट मेरो wall मा आयो । yellow colour को साडिमा गुलाफ को बोट नेर गुलाफका फुल समाती लजाएको तस्वीरमा उसले उचभततथ लेखेर कमेन्ट गरेक रहेछ । त्यो तस्बिर देख्दानै लाग्यो यो तस्बिर को मान्छे मेरा लागि अन्जान होइन ।

केही समय नियालेर हेरेपछी अनुहारको दाइने पट्टी ओठको माथिल्लो भागमा भएको कालो सानो कोठी अनि थाइकट कपालले मलाई चिन्न मुस्किल परेन कि यो उहीँ हो जो सग म हरेक बिहान मुस्कान साट्ने गर्छु । तुरुन्तै मैले उसको facebook मा गइ उसको बारेमा जान्ने कोसिस गरे तर अझ पनि नाम पत्ता लगाउन सकिन । उसको id हेर्न थाले, friend नभएको भएर होला उस्का दुई उचयाष्भि उष्अतगचभ बाहेक अरु केही देख्न पाइन तर उस्को bioमा लेखिएको कुरा पडे त्यसैले उस्लाइ request नपठाइ रहन दिएन मलाई My lips are the gun, My smile is the trigger,My kisses are the bullets, Label me a killer.

बेलुका ८ बजे तिर खाना खाइ सकेपछि बेडमा पल्टदै onliयलष्लिभ आए, आउनेबित्तिकै एक notification आयो Dream girl accepted your friend request. त्यो देख्ने बितिकै अरु केही नसोची message गरे dream came true २ मिनेटपछि उसको reply आयो जस्मा उसले कुनै कुरा लेखिने मात्र smile गरेको स्टिकर पठाइ । मैले फेरि message गरे मुस्कुराउने बाहेक अरु काम गर्दिनौ ? उस्ले बडो सरल जबाफ दि , बल्ल त मुस्कुराउन सिक्दै छु दुनिया जित्न त अझ जीवन बाकिनै छ । जबाफमा मैले मुस्कुराएको स्टिकर पठाए । जबफमा उस्ले भनी हजुरको पनि smile कमको छैन । मैले धन्यवाद मात्र भने, फेरि मैले नै सोधेdream girl असली नामचाहिँ के ?–सदिच्छा,सदिच्छा पराजुली । क्रमशः…..

सम्बन्धित समाचार

संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
  • २०७६ असार ८, १३: ०७

  १.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...

उपत्यकामा २४ घण्टामा ७२१ चालक ट्राफिक कारबाहीमा, तीव्रगतिमा सवारी चलाउने सबैभन्दा बढी
उपत्यकामा २४ घण्टामा ७२१ चालक ट्राफिक कारबाहीमा, तीव्रगतिमा सवारी चलाउने सबैभन्दा बढी
  • २०७६ असार ८, १३: ०७

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७२१ जना सवारी चालकलाई कारबाही गरेको छ।...

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७६ असार ८, १३: ०७

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...