
काठमाडौं। क्यापटेन बबी विक्रम शाहको स्मरण र योगदानमा आधारित ‘अ म्यान वुइथ मिसन’ नामक पुस्तक बिमोचन भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सो पुस्तक ललित विक्रम शाहाले सार्वजनिक गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि शाहले पुस्तक एकदमै रोचक रहेको भन्दै बबी विक्रम शाहले ३१ वर्षसम्म विमान चालकको रुपमा दिएको योगदान स्मरणीय रहेको बताए।
क्याप्टेन शाहका छोरा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राजिव विक्रम शाहले आफ्नो बुवा एक लगनशील, निष्ठावान र इमानदार राष्ट्रसेवक भएको भन्दै उहाँ संधै आफ्नो प्रेरणाको श्रोत भएको बताए।
‘नेपालमा बिमान चालकहरुको इतिहासमा स्वर्गीय बबी विक्रम शाहको नाम अग्रपंक्तिमा छ। उहाँलाई एक लगनशील, निष्ठावान र इमानदार राष्ट्रसेवक कै रुपमा चिनिन सकिन्छ। हवाई उड्डयन सेवाको शुरुवाती समयमा उहाँलाई एक कुशल, पौरखी र साहासिक चालकका रुपमा मानिन्छ। मेरो बुवा मेरा लागि प्रेरणाको श्रोत हो।’
आफ्नो पीताको स्मरणमा लेखिएको पुस्तक विमोचनका अवसरमा उनका छोरा सांसद राजिब बिक्रम शाह ज्यादै भाबुक भएका थिए।
कार्यक्रममा पुस्तकका लेखक महेश्वरभक्त श्रेष्ठले पुस्तकमा बबी विक्रम शाहको जन्मदेखि तीन दशकको विमान चालकको रुपमा गरेको योगदानको चर्चा गरेका थिए।
‘यो मेरो लागि खुसीको दिन हो। एउटा परिक्षापछिको प्रमाणपत्र प्राप्त गर्ने दिन जस्तो हो,’ उनले भने,‘पुस्तक लेख्नु एउटा चुनौती नै थियो तर यसमा ललित विक्रम शाह, प्रिती शहा, रजिव शाहलगायतका व्यक्तित्वहरुको सहयोगमा यो सफल भएको छ। पुस्तकमा शाहको जीवनको व्याख्या छ।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...