नागरिकता किर्ते कसूरमा सतराज गुरूङलाई जिल्ला प्रहरी मकवानपुर लगियाे – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

नागरिकता किर्ते कसूरमा सतराज गुरूङलाई जिल्ला प्रहरी मकवानपुर लगियाे

काठमाडौं । नागरिकता किर्ते कसूरमा अनुसन्धानका सतराज गुरूङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।नक्कली छोरा बनेर मृतक उमादेवी गुरुङको जग्गा हडपेको बताईएको छ ।

मकवानपुरको थाहा नगरपालिका १२, टिस्टुङ घर भई काठमाडौंको कपन बस्दै आएका सतराजले नक्कली छोरा बनेर मृतक उमादेवी गुरुङको नाममा रहेको कीर्तिपुरस्थित ९९२ वर्गमिटर जग्गा बैशाख २७ गते आफ्नो नाममा पारेका थिए ।

किर्ते कागजात खडा गरेर जग्गा हडप्ने उनी सहित २१ जना विरुद्ध उमादेवीका श्रीमान एमसि परेराले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

सतराजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असार ३ मा पक्राउ गरेको थियो । संगठित रुपमा सम्पत्तिको आपराधिक उपयोग र लिखत सम्वन्धी कसुरमा काठमाडौं जिल्ला अदालतको आदेश अनुसार सतराज साउन ३१ यता पुर्पक्षको लागि थुनामा थिए ।

जिल्ला अदालतको आदेश विरुद्ध सतराजले उच्च अदालत पाटनमा ७३ नं को निवेदन हालेका थिए ।

सम्बन्धित समाचार

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० पुष २९, २१: ३०

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
  • २०८० पुष २९, २१: ३०

धनुषा : धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का...

जलवायु परिवर्तनले पुर्‍याएको क्षति र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे राष्ट्रिय सभाको समितिमा आज छलफल हुँदै
जलवायु परिवर्तनले पुर्‍याएको क्षति र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे राष्ट्रिय सभाको समितिमा आज छलफल हुँदै
  • २०८० पुष २९, २१: ३०

काठमाडौँ — विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगेको गम्भीर प्राकृतिक क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) मा देशको कूटनीतिक...