बालसुधार गृहमा कुटपिट – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

बालसुधार गृहमा कुटपिट

पोखरा । खाना खान लाइन लाग्ने क्रममा सोमबार झडप भएको छ । कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटस्थित बाल सुधार गृह अझै अशान्त मच्चिएछको छ ।

झडपमा घाइते भएका ३ जनामध्ये १ जनाको टाउकोमा गहिरो चोट लागेको छ । सुधार गृहमा क्याप्टेन तथा नाइकेले यातना दिँदा सुरु भएको विवाद झडप र चक्कु प्रहारसम्म पुगेको छ ।

खाना खान लाइन लागेका बेला गिलासको विषयमा विवाद हुँदा एक जनालाई भाटा हानिएको र त्यसको प्रतिकार गर्दा झडप भएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

१८ वर्ष भन्दा कम उमेरका बालबालिकाको अपराधमा संलग्नता पुष्टि भएमा बाल सुधार गृहमा राखिन्छ । यस्ता बालबालिका राखिएको पोखरा सराङकोटस्थित बालसुधार गृहमा बिहीबार पुग्दा

बालकहरुले आफूहरु असुरक्षित रहेको बताए र त्यहाँभित्रका अरु बग्रेल्ती समस्या पनि सुनाए । उनीहरुले यो ठाउँलाई सुधार गृह भनेपनि यातना गृहजस्तो बनेको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०८० फाल्गुन १२, २१: ४७

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
  • २०८० फाल्गुन १२, २१: ४७

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...

प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो  देशव्यापी  आन्दोलन
प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो देशव्यापी आन्दोलन
  • २०८० फाल्गुन १२, २१: ४७

काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...