बजेटका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने तयारीमा अर्थमन्त्री महत – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बजेटका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने तयारीमा अर्थमन्त्री महत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१, ८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने भएको छ । सोमबार ‘प्रिबजेट’ छलफलका लागि बजेट तथा कार्यक्रमका सिद्धान्त, आयोजना वा कार्यक्रमका प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।

मन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यक्रम छ । सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस हुन लागेको हो ।

यसले आगामी बजेट कस्तो बनाउने भन्नेबारे संसद्‍मा पर्याप्त छलफल हुने र जनताका प्रतिनिधिले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समेट्न सहज हुने सरकारको भनाइ छ ।

 

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन १३, २१: ०८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन १३, २१: ०८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० फाल्गुन १३, २१: ०८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...