टकराबका बीच विदेश हिँड्ने सचिवसँग जवाफ माग – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

टकराबका बीच विदेश हिँड्ने सचिवसँग जवाफ माग

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यमाथि मन्त्रिपरिषदबाट स्वीकृत नगराई विदेश भ्रमण गएकोबारे राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान थालेको छ । खानेपानी सचिव चढ्ने गाडी फिर्ता गर्ने वा नगर्ने विषयलाई लिएर उत्पन्न टकराबका बीच सतर्कता केन्द्रले खानेपानी सचिव आचार्यमाथि अनुसन्धान थालेको हो ।

यूएन हेबिटाटको ‘इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ (समावेशी विकेन्द्रीकृत सरसफाई तथा शहरी रूपान्तरण) कार्यक्रममा सहभागी हुन ३ माघमा सचिव आचार्यको नेतृत्वको टोली भारतको उडिसा गएको थियो । केन्द्रले सो भ्रमणका क्रममा प्रक्रिया गोलमाल गरिएको भन्दै सचिव आचार्यको भ्रमणसम्बद्ध कागजात माग गरेको छ । कूटनीतिक राहदानीबाहक रहेका सचिव आचार्य मन्त्रिपरिषदलाई छलेर भारत गएको देखिएको केन्द्रको प्रारम्भिक निष्कर्ष छ ।

सतर्कता केन्द्रले २७ पुसमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो । कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरुलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले सबै मन्त्रालय र निकायहरुलाई लिखित निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०८० फाल्गुन १३, २१: १३

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
  • २०८० फाल्गुन १३, २१: १३

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...

प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो  देशव्यापी  आन्दोलन
प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो देशव्यापी आन्दोलन
  • २०८० फाल्गुन १३, २१: १३

काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...