जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे स्मृति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे स्मृति

काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक देशैभरि एउटै समयमा २०५२ फागुन १ गते कतै सांकेतिक र कतै हातहतियारसहित विद्रोहात्मक आक्रमण भयो ।

यसको बदलामा तत्कालीन सत्ताले देशैभर खोजतलास, अनुसन्धान र प्रहरी सतर्कता बढाउने नाममा अन्धाधुन्ध धरपकड मच्चाउन थाल्यो । तत्कालिन संयुक्त जनमोर्चाका नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तकलाई हैरानी दिन थाल्यो । विद्यालय पढ्दै गरेका विद्यार्थी र पढाउँदै गरेका शिक्षकहरु तत्कालिन सत्ताका आँखाको तारो बने ।

यसकोृ ज्वलन्त उदाहरण गोर्खाको सूर्यज्योति मावि ताकुकोट र ब्रम्हाचारिनी नि।मा।वि। पन्द्रुङ हो । नेकपा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा राज्यले पहिलो पटक यही ब्रम्हाचारिनी नि।मा।वि। पन्द्रुङका ११ वर्षिय बालको हत्या गेरर सुरु गरेको थियो हत्या श्रृंखला ।

२०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो ।

आशाकाजी उम्कन सफल भए तर, वीरबहादुरलाई प्रहरीले गिरफ्तार र्गयो । शिक्षक गुरुङलाई गोरखाको साविक सिम्जुङ गा।वि।स।स्थित सेभ द चिल्ड्रेनको कागजात जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

केही क्षणमा गोली चलेको आवाज आयो । तीनपटकसम्म गोली चलेको थियो । शिक्षक गुरुङलाई डाँडा कटाउनुअघि जराङ डिगाममा प्रहरी र गाउँलेबीच झडप भएको थियो । झडपका क्रममा गाउँलेले प्रहरीमाथि ढुंगा हाने । गाउँले र प्रहरीबीच केही बेर ढुंगाहानाहान भए पछि जनआक्रोशलाई दवाउन प्रहरीले गोली हान्न थालेका थिए ।

गोली ब्रह्मचारिणीमा पढ्ने दुई विद्यार्थी कक्षा चारमा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल र कक्षा छ मा पढ्ने १५ वर्षीय रामप्रसाद भट्टलाई लागेको थियो ।

जनयुद्धको नाममा पड्किएकना ती गोलीहरू सिसाका थिए र राज्यले खर्च गरेकोे पहिलोपटकको सिसाका गोलीले दिलबहादुर र रामप्रसादलाई लागेको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन १४, ०७: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन १४, ०७: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० फाल्गुन १४, ०७: २६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...