कञ्चनपुर । एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना, दुखसो राना र सुरज राना रहेका छन् । उनीहरूलाई बेलौरी नगरपालिका–९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।
आइतबार अदालतबाट म्याद थपसमेत गरिएको छ । कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए ।
काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...
काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...