घाटबेँसीमा यात्रुबस दुर्घटनाः हराइरहेका चारमध्ये तीनको शव भेटियो – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

घाटबेँसीमा यात्रुबस दुर्घटनाः हराइरहेका चारमध्ये तीनको शव भेटियो

धादिङ । पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका–५ को घाटबेँसीमा भएको यात्रुबस दुर्घटनामा हराइरहेका चार जनामध्ये तिन जनाको शव फेला परेको छ ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदी र रुपन्देशीकै प्रकाश पाठकको शव फेला परेको हो ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । पाठकको शव हिजो साँझ दुर्घटना स्थल भन्दा केही तल भेटिएको ईलाका प्रहरीका कार्यालय गजुरीले जनाएको छ।

वसामा ५३ यात्रु रहेको खुलेको बाँकी हराई रहेका दुई जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाईएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो । बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन् । उनको खोजी कार्य जारी छ । ४१ यात्रु घाइते भएका थिए ।

सम्बन्धित समाचार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि सुरु हुँदै
  • २०८० फाल्गुन २५, ०९: ५६

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...

प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो  देशव्यापी  आन्दोलन
प्रेस स्वतन्त्रता र पत्रकारका श्रम अधिकारको माग गर्दै पत्रकार महासंघले घोषणा गर्‍यो देशव्यापी आन्दोलन
  • २०८० फाल्गुन २५, ०९: ५६

काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८० फाल्गुन २५, ०९: ५६

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...