काठमाडौं । आफनै श्रीमतीको हँसियाले घाँटी रेती रौतहटमा एक जनाले हत्या गरेका छन् ।
वृन्दावन नगरपालिका वडा नम्बर १ बलहरी गाउँको तामाङ टोलका ४० वर्षीय तीर्थ वाइवाले श्रीमती ३५ वर्षीय सोती माया वाइबाको हत्या गरेका हुन ।
दिउँसो बागमतीको बगरमा घाँस काट्न गएका श्रीमान श्रीमतीबीच विवाद हुँदा तीर्थले श्रीमतीको घाँटी रेटेको प्रहरीले बताएको छ । अत्याधिक मापसे सेवन गरेका तीर्थले श्रीमतीको हत्या गरेपछि हल्ला गरेका थिए ।
घरको आँगनमा आएर आफ्नै गर्दनमा हसियाले प्रहार गर्दा गम्भीर घाइते भएका छन् । गरुडाका डीएसपी ओम प्रकाश खनालका अनुसार घाइते तीर्थको अहिले चन्द्रनिगापुरस्थित चन्द्रपुर अस्पताल प्रालीमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...