काभ्रे । रोशी गाउंपालिका वडा नं ५ स्थित नागवेलीमा रहेको बहुमूल्य बुद्धचित्त मालाको बोट अज्ञात समुहले काटिदिएका छन् ।
ठकुरानी तामाङको घरको मुल ढोकामा विस्पोटक पदार्थ राखेर मालाको बोट जरै देखी तहसनहस हुने गरि काटिएको सुचना आज बिहानै बाट सामाजिक संजाल भरि रंगिएका छन् ।
बिहीबार राती अज्ञात समुहले स्थानीयको घरमा सकेट बम राखी मालाको बोट काटेको हो । हरेक बर्ष करोडौं रुपैयांमा बेच्दै आएको मालाको बोट तहसनहस हुनेगरी जरै देखि काटिएको हो ।
मालाको पुरानो बोट काट्नको लागी तिन वटा घरको मुल ढोका मा नै ४ वटा सकेट वम राखिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाए । बौद्धमार्गीहरुले माला जप्नकै लागी प्रयोग गरिने बोधिचित्त माला एक बोटको नै करोडौं रुपैयां सम्म बच्ने गर्दछन ।
हरेक बर्ष बोधिचित्त मालाको सिजन लागे संगै उक्त मालाको बोटलाई लिएर डरलाग्दो घट्नाहरु घट्दै आएका थिए । यस अघि दुई चोटी सम्म लुटपाट गरिएको उक्त घरधनीको माला बेला बेलामा विवादकै कारण चर्चामा थिए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...