म्यान्मारको भुकम्पमा मर्नेको संख्या एक हजार चार – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

म्यान्मारको भुकम्पमा मर्नेको संख्या एक हजार चार

काठमाडौं। म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।

विविसीले जनाए अनुसार शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १००४ पुगेको छ।

२ हजार ३७६ जना गम्भीर घाइते भएका छन्।

भूकम्पले भत्काएका घरहरूले मानिसहरू पुरिएको बताइएको छ। उनीहरुलाई भग्नावशेषबाट उद्धार प्रयास भइरहेको बताइएको छ।

राजधानी नेपिडो र मन्डालेमा भूकम्पले सयौं घरहरूमा क्षति पुगेक छ।

उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रातको समयमा मुख्य मुख्य सहरहरूमै बिजुली अवरूद्ध भएकाले समयमै उद्धार हुन नसकेको पनि बताइएको छ। त्यसले पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने आकलन छ।

सम्बन्धित समाचार

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०८१ चैत्र १७, ०९: २८

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...

डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
  • २०८१ चैत्र १७, ०९: २८

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  • २०८१ चैत्र १७, ०९: २८

काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...