दक्षिण कोरियाका राष्ट्रपति युून पदमुक्त – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

दक्षिण कोरियाका राष्ट्रपति युून पदमुक्त

काठमाडौं । दक्षिण कोरियका राष्ट्रपति युन सुक योललाई संवैधानिका अदालतले अपदस्त गरेको छ।

दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो।

संवैधानिक अदालतका आठै जना सदस्य योलमाथिको महाभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एक मत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उनी पदमुक्त भएसँगै दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ।

गत डिसेम्बर ३ मा राष्ट्रपति योलले देशमा सैनिक कानुन घोषणा गरेका थिए। तर उनको घोषणालाई दुई घन्टामै संसदले उल्ट्याइदिएको थियो।

रातारात बहुमत सांसदहरू उपस्थित भई भएर सैनिक कानुन लागु गर्ने राष्ट्रपतिको घोषणाविरूद्ध मतदान गरेका थिए।
हुमत सांसदहरूले राष्ट्रपतिको कदमविरूद्ध मतदान गरेपछि राष्ट्रपति योलको कमद असफल बनेको थियो। लोकतन्त्रमाथि प्रहार गरेको भन्दै संसदले राष्ट्रपति योलमाथि महाभियोग लगाएको थियो।
शुक्रबार संवैधानिक अदालतले उनीमाथिको महाभियोग सदर गरेसंगै युन राष्ट्रपतिबाट पदमुक्त भएका छन्।

सम्बन्धित समाचार

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०८१ चैत्र २२, ०९: ५०

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...

डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
  • २०८१ चैत्र २२, ०९: ५०

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  • २०८१ चैत्र २२, ०९: ५०

काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...