काठमाडौं।सुडानमा विद्रोही समूहले गरेको आक्रमणमा चार सयभन्दा बढी सर्वसाधरण मानिस मारिएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार सुडानको उत्तर डारफोर क्षेत्रमा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज ९आरएसएफ०द्वारा हालै गरिएका आक्रमणमा चार सयभन्दा बढी मानिस मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।
गत हप्ता, आरएसएफले सुडानी सेनाले नियन्त्रणमा रहेको दारफुरको अन्तिम राज्य राजधानी ९एल–फासर सहर० कब्जा गर्ने प्रयासमा सहर वरिपरि भोकमरीको चपेटामा परेर विस्थापित शरणार्थी शिविरहरूमा जमिन र हवाई आक्रमण गरेको थियो ।
बीबीसीले जनाए अनुसार सुडानको सेना र आरएसएफबीच अप्रिल २०२३ देखि नै शक्ति संघर्ष चल्दै आएको छ । यसले विश्वकै सबैभन्दा ठूलो मानवीय संकट सिर्जना गर्दै लाखौंलाई घर छोड्न बाध्य बनाएको छ ।
संयुक्त राष्ट्रसंघले बिहीबारदेखि शनिबारसम्म १४८ जनाको मृत्यु प्रमाणित गरेको जनाएको छ । मृतकको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ ।
काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...
काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...