
काठमाडौं।भेनेजुएलामा शनिबार भएको अमेरिकी हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ।भेनेजुएलाका एक अधिकारीले शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको भनेर बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ।
अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी कराकस सहित चार ठाउँमा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएको छ।
सैन्य कारबाहीमा १५० भन्दा बढी लडाकू विमान प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ।
यसैबीच अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठक बस्दैछ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बैठक सोमबार बस्ने तय भएको जनाएको छ।
काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...
काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...