
काठमाडौं।बेलायतका प्रधानमन्त्री केयर स्टार्मर चीन पुगेका छन्।बुधबार अपराह्न उनी बेइजिङ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।विमानस्थलमा चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो।स्टार्मर विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी उद्योगी/व्यवसायीहरूलाई लिएर बेइजिङ पुगेका हुन्।चीनमा सन् २०१८ पछि पहिलोपटक बेलायतबाट प्रधानमन्त्री स्तरीय भ्रमण भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ।यो भ्रमणमा बेलायत-चीन व्यापारबारे छलफल गर्ने बताइएको छ।बेलायती प्रधानमन्त्री स्तरबाट भएको चीन भ्रमणलाई विशेष रूपले हेरिएको छ।
काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...
काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...
काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...