इजरायलमा इरानी आक्रमण ,भौतिक संरचनामा व्यापक क्षति – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

इजरायलमा इरानी आक्रमण ,भौतिक संरचनामा व्यापक क्षति

काठमाडौं । इजरायलको ‘मागेन डेभिड अडोम’ आपत्‌कालीन सेवाले आइतबार साँझ अरादमा भएको मिसाइल आक्रमणबारे अर्को अपडेट जारी गरेको छ ।आपत्‌कालीन सेवाका अनुसार, अराद सहरमा ८८ जना घाइते भई अस्पताल भर्ना भएका छन् । उपचार गराइरहेका ८८ मध्ये १० जना गम्भीर, १९ मध्यम र ५९ जना सामान्य घाइते रहेका छन् ।
मिसाइलहरूले इजरायलको रक्षा प्रणाली भेदेर अरादमा प्रहार गरेका हुन् । इजरायलले इरानमाथिको आक्रमण यस हप्ता उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ ।यसैबीच नजिकैको डिमोना सहरमा इरानले क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ४७ जना घाइते भएका छन् ।

इजरायली सेनाले डिमोनामा प्रहार भएको एउटा मिसाइललाई रोक्न असफल भएको स्वीकार गरेको छ । उक्त मिसाइल देशको आणविक कार्यक्रमको केन्द्र मानिने स्थानमा खस्दा मानिसहरू घाइते हुनुका साथै एउटा सानो भवन ध्वस्त भएको छ ।

यस आक्रमणको मुख्य निसाना करिब १३ किलोमिटर टाढा रहेको एक आणविक केन्द्र रहेको बताइएको छ । दुवै आक्रमणमा घरको संरचनाहरूमा व्यापक क्षति भएको बीबीसीले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस घटनालाई सहरका लागि अत्यन्तै कठिन साँझ भएको बताएका छन् ।

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८२ चैत्र ८, १८: ०९

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०८२ चैत्र ८, १८: ०९

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०८२ चैत्र ८, १८: ०९

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...