अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय

काठमाडौँ। अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब पुगेका छन् ।

गत साता पाकिस्तानको राजधानी इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि उच्चस्तरीय वार्ता भएको थियो । सोही वार्ताको जगमा रहेर सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा अमेरिका(इरान वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका विदेशमन्त्री इशाक दारसहितका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

साउदी अरबपछि उनी कतार र टर्कीको भ्रमणमा निस्कनेछन् । टर्कीमा उनले ‘अन्टाल्या कूटनीति मञ्च’मा भाग लिनुका साथै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । एकातिर प्रधानमन्त्री सरिफ साउदी अरबमा छन् भने अर्कोतिर पाकिस्तानी सेना प्रमुख असिम मुनिरको नेतृत्वमा एउटा उच्चस्तरीय प्रतिनिधिमण्डल इरान पुगेको छ । मुनिरलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा स्वागत गरेका छन् । इरानी सरकारी टेलिभिजनका अनुसार सेना प्रमुख मुनिर वासिङ्टनको ‘नयाँ सन्देश’ बोकेर दोस्रो चरणको वार्ताबारे छलफल गर्न त्यहाँ पुगेका हुन् ।

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०८३ बैशाख ३, ०९: २३

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०८३ बैशाख ३, ०९: २३

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०८३ बैशाख ३, ०९: २३

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...