
दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ ।
विगत हप्ताहरूमा मुनको पक्षमा समर्थन ४४ प्रतिशतदेखि ४६ प्रतिशत अङ्कबीच कायम रहँदै आएको छ ।
राज्य सम्बन्धी व्यवहारमा मुनको आकर्षण १.३ प्रतिशतले कमी आई ४९.६ अङ्क कायम भएको सर्भेक्षणले जनाएको छ ।
त्यसैगरी मुनको सत्ताधारी दल डेमोक्रेटिक पार्टीप्रतिको समर्थन अघिल्लो साताभन्दा ०.१ प्रतिशतले घटेको छ ।
दक्षिण कोरियाली प्रमुख विपक्षी दल पिपुल्स पावर पार्टीलाई पनि अघिल्लो हप्ताको तुलनामा १.२ अङ्क कमी अर्थात् २७.७ प्रतिशत समर्थन देखिएको छ । रासस
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...