क्षेप्यास्त्र क्षमतामा रुस सबैभन्दा बलियोः पुटिन – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

क्षेप्यास्त्र क्षमतामा रुस सबैभन्दा बलियोः पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अरुले जित्न नसक्ने क्षमताको नयाँ क्रुज क्षेप्यास्त्रको विकास आफूले गरेकोले क्षेप्यास्त्र क्षमतामा रुस सबैभन्दा बलियो भएको बताएका छन् । आगामी राष्ट्रपतीय चुनावपूर्व आफ्ना महत्वपूर्ण नीतिहरु प्रस्तुत गर्दै पुटिनले गरिबीको रेखामुनि रहेका रुसीको संख्या आधा घटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

मार्च १८ मा हुने चुनावमा विजयी हुँदै पुटिन चौथौ पटक राष्ट्रपतिमा चुनिने देखिएको छ । राष्ट्रपतीय चुनावपूर्व राष्ट्रलाई गरेको सम्बोधनका क्रममा पुटिनले विश्वको जुनसुकै भागमा पुग्न सक्ने क्षमता भएको एक क्षेप्यास्त्र सहितका विभिन्न प्रकारका नयाँ अस्त्रहरु रुससँग रहेको उद्घोष गरेका हुन् । यूरोप र एसियामा अमेरिकी प्रतिरक्षा प्रणालीले सो क्षेप्यास्त्रलाई रोक्न नसक्ने दाबी पुटिनको छ ।

पुटिनले रुसले पनडुब्बीबाट प्रहार गर्न सकिने परमाणु अस्त्रयुक्त ड्रोनको पनि परिक्षण गरिरहेको बताएका छन् । उनले अमेरिकी सेनाको प्राविधिक विस्तारका कारण आफ्ना परमाणु अस्त्र बेकार हुनु अघि नै आफ्ना अस्त्र सुधार्नुपर्ने भएको पनि बताएका छन् । दुई घण्टा लामो टेलिभिजिन सम्बोधनका क्रममा उनले रुसी नागरिकहरुलाई ती दुई परमाणु अस्त्रहरुका लागि नाम सुझाउन आग्रह समेत गरेका थिए । उक्त सम्बोधनका क्रममा पुटिनले गरिबीको रेखामुनि रहेका रुसीहरुको संख्या आधामा ल्याउने बताए ।

६ वर्षभित्रमा गरिबीको रेखामुनि रहेका रुसीहरुको संख्या दुई करोडबाट घटाएर एक करोडमा झार्ने लक्ष्य आफूले लिएको पनि जानकारी दिए । सरकारी आँकडा बमोजिम प्रत्येक ७ जना रुसीमध्ये एकजना गरिबीको रेखामुनि रहेका छन् । उनको सरकारले रुसीहरुको औसत उमेर बढाएको भए पनि अझै त्यसलाई बढाई जापान, फ्रान्स र जर्मनीको बराबर ८० वर्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७ सय बढी घाइते
  • २०७४ फाल्गुन २१, ०९: ११

काठमाडौं : भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७ सय जनाभन्दा बढी घाइते भएका छन्...

भेनेजुएलामा शक्तिशाली भूकम्प
भेनेजुएलामा शक्तिशाली भूकम्प
  • २०७४ फाल्गुन २१, ०९: ११

भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पको धक्का छिमेकी...

जेनेभामा अमेरिका-इरान वार्ता सुरु हुँदै, हर्मुजमा पुनः तनाव
जेनेभामा अमेरिका-इरान वार्ता सुरु हुँदै, हर्मुजमा पुनः तनाव
  • २०७४ फाल्गुन २१, ०९: ११

जेनेभा : मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता आज स्विट्जरल्याण्डको जेनेभामा सुरु हुने भएको छ ।...