विश्वमा प्रत्येक मिनेटमा ११ जनाको भोकका कारण मृत्यु हुन्छः अक्सफाम – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

विश्वमा प्रत्येक मिनेटमा ११ जनाको भोकका कारण मृत्यु हुन्छः अक्सफाम

नयाँ विकल्प

काएरो- विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।

उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा बढेको छ।

‘भाररसका कारण भोकमरीमा वृद्धि’ नामक अक्सफार्मद्वारा बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा खाद्यान्न अभाबका कारण हुने मृत्यु दर कोभिडका कारण थपिएको र कोभिडका कारण प्रतिमिनेट सात व्यक्तिले खाद्यान्न अभाबको चरम सङ्कट व्यहोर्दै मृत्युवरण गर्नुपरेको पाइएको छ।

“तथ्याङ्कहरू आश्चर्यजनक छन्, हामीले यो याद राख्नु पर्छ कि यी तथ्याङ्कहरूले व्यक्तिले विश्व स्वास्थ्य सङ्कटका कारण अकल्पनीय पीडालाई भोगिरहेका छन् भन्ने देखाउँछन्,” अक्सफाम अमेरिकाका अध्यक्ष तथा कार्यकारी अधिकृत एबी म्याक्सम्यानले भने। “भोकले एक जना व्यक्तिको मृत्यु हुनु भनेको पनि अति संवेदनशील कुरा हो। तर तथ्याङ्कले जटिल समस्या उजागर गर्दछ।”

मानवीय सहायताका लागि का मगर्ने यस समूहका अनुसार विश्वभर १५ करोड ५० लाख व्यक्तिले यतिबेला खाद्यान्न सङ्कटको चरम असुरक्षाबीच बाँचिरहेका छन्। यो गत वर्षभन्दा करिब दुई करोड बढी हो। खाद्य सङ्कट झेलेका मुलुकमध्ये करिब दुई तिहाई मुलुकमा सैन्य द्वन्द्व भएका कारण खाद्य असुरक्षा भएको हो।

अहिलेको अवस्थामा भने मानिसहरूलाई द्वन्द्वका कारणभन्दा पनि बढी खाद्य असुरक्षाको अवस्थामा वृद्धि हुनुमा कोभिड–१९ का कारण आएको आर्थिक मन्दी र बढ्दो जलवायु सङ्कटको कारण मानिसहरूलाई भोकमरीको चपेटामा धकेलिरहेको म्याक्सम्यानले बताए।

कोभिड र जलवायु परिवर्तनका कारण यो वर्ष पाँच लाख २० हजार मानिसलाई भोकमरीको नजिकमा धकेलेको उनले अक्सफार्मको तथ्याङ्कलाई मुल्याङ्कन गर्ने शिलशिलामा बताए। “राजनीतिक फाइदाका लागि एक आपसमा लडाई गर्ने दलहरूले एक अर्काबीच यस्ता द्वन्द्व सिर्जना गर्नुको सट्टा जलवायु परिवर्तन र आर्थिक सङ्कटविरूद्ध आफ्नो एजेन्डाअघि बढाएमा प्रभावित लाखौंलाई फाइदा पुग्नेछ,” उनले भने।

महामारीको बावजुद पनि यो समयमा पनि विश्वव्यापी सैनिक खर्च ५१ अर्ब अमेरिकी डलरले बढेको छ जसका कारण संयुक्त राष्ट्रसंघले भोकमरीलाई रोक्नको लागि कम्तिमा छ गुणा बढी खर्च छुट्ट्याउनुपर्छ।

उक्त प्रतिवेदनले अफगानिस्तान, इथियोपिया, दक्षिण सुडान, सिरिया र यमनलगायत देशहरूलाई द्वन्द्वको खराब अवस्थामा रहेका मुलुकका रूपमा उल्लेख गरेको छ। यहाँ द्वन्द्वमा परेकासहित अन्य जनसङ्ख्या पनि भोकमरीको जोखिममा परिरहेको प्रतिवेदनले देखाएको छ।

विश्वमा भोकमरीको पीडालाई युद्धको हतियारको रूपमा प्रयोग गरिइरहेको पाइन्छ। द्वन्द्वले नागरिकहरूलाई खाना र पानीबाट वञ्चित गर्दै अन्य मानवीय राहतलाई व्यवस्थापन गर्नसमेत बाधा पु¥याउन रिपोर्टमा उल्लेख भएको म्याक्सम्यानले बताए।

उनले भने, “मानिसहरूलाई जब खाद्य सङ्कटबीच बाँच्नुपरेको अवस्थामा मानवीय सहायताका लागि हात अघि बढ्नुको सट्टा बजारमा गोलाबारी र विष्फोट भइरहेको छ जसले भएको बालीनाली र गाईवस्तुहरूलाई विनास मात्रै गर्दैन यसले नागरिकमा चरम निराशा पैदा गर्छ।”

यस संस्थाले विपत्तिजनक भोकमरीलाई जारी राख्न द्वन्द्व रोक्न र राहतका लागि कामगर्ने संघसंगठनहरूलाई द्वन्द्वक्षेत्रमा सञ्चालन गर्न र आवश्यक परेकाहरूसम्म पुग्न सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गरेको छ। यसले दाता मुलुकलाई ‘संयुक्त राष्ट्र संघले भोकमरी कम गर्नको लागि गरेको प्रयासहरूलाई तुरुन्त र पूर्ण रुपमा सक्रिय बनाउन’ आग्रह गरेको छ।

यसैबीच विश्वव्यापी तापक्रम वृद्धि र महामारीको कारण आएको आर्थिक परिणामले विश्वव्यापी खाद्यान्नको मूल्यमा ४० प्रतिशतले वृद्धि भएको जनाएको छ। यो पछिल्लो एक दशकमा उच्च हो। उक्त बृद्धिले दशौं लाख मानिसहरूलाई भोकमरीमा धकेल्ने कामगरेको प्रतिवेदनले जनाएको छ। एपी

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७८ असार २६, ०९: ५६

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७८ असार २६, ०९: ५६

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...

आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
आज टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २०७८ असार २६, ०९: ५६

काठमाडौं : आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने...