काडिला हेल्थकेयरले निर्माण गरेको डीएनए कोरोना खोपलाई भारतले दियो अनुमति – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काडिला हेल्थकेयरले निर्माण गरेको डीएनए कोरोना खोपलाई भारतले दियो अनुमति

नयाँ विकल्प,

काठमाडौं – काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई भारतको औषधि नियामकले अनुमति दिएको छ ।

विश्वको पहिलो डीएनए कोरोना खोपलाई कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ ।

भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा १२ करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ ।

यो भारतीय कम्पनीले विकास गरेको दोस्रो कोरोना खोप हो ।

यसअघि डीएनए खोपले जनावरमा राम्रो काम गरेको भए पनि मानिसमा भने यस्तो खोप आएको थिएन ।

भारतमा अहिलेसम्म ५७ करोड डोज कोरोना खोप लगाइएको छ ।

काडिला हेल्थकेयरका अनुसार कम्पनीले अहिले अनुमति दिइएको खोप २८ हजार मानिसमा परीक्षण गरिएको थियो ।

यीमध्ये एक हजार जना १२ देखि १८ वर्ष उमेर समूहका थिए ।

यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्न सकिन्छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ भाद्र ६, १९: ४६

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०७८ भाद्र ६, १९: ४६

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू
  • २०७८ भाद्र ६, १९: ४६

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।...