हिरासतमा हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

हिरासतमा हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड

भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।

तेह्र वर्षदेखि न्यायका लागि सङ्घर्ष गर्दै आएकी मृतकीकी आमाले त्यो फैसलाको स्वागत गरेकी छिन् । केरलाको एउटा विशेष अदालतले ती दुई प्रहरी अधिकारीहरूले चोरीको आशङ्कामा समातिएका एक २६ वर्षीय युवकलाई ज्यान जाने गरी यातना दिएको ठहर गरेको हो ।

सो राज्यमा हिरासतमा भएको मृत्युमा मृत्युदण्ड सुनाइएको यो पहिलो पटक हो । अर्का प्रहरी अधिकारीलाई पनि सो घटनामा दोषी पाइएको थियो। तर फैसला आउनुअघि नै उनको निधन भयो ।

अदालतले अन्य दुई वरिष्ठ अधिकारीहरूलाई सो घटना ढाकछोप गर्ने खोजेको भन्दै तीन वर्ष कारावासको सजाय सुनाएको छ। त्रिवेन्द्रम नगरस्थित एउटा उद्यानमा उदयकुमार नाम गरेका २६ वर्षीय श्रमिकसँग भारु चार हजार फेला परेपछि सन् २००५ को सेप्टेम्बरमा उनलाई चोरी गरेको आशङ्कामा पक्राउ गरिएको थियो ।

त्यो रकम लिएर प्रहरीले उनलाई छोडिदिएको भएपनि आफूले आमालाई ओणम पर्वमा उपहार दिने वचन दिएको भन्दै उदयकुमार जान मानेनन् । त्यही साँझ उनलाई अस्पतालमा मृत अवस्थामा पु¥याइएको बताइन्छ । शवपरीक्षण गर्दा उनको शरीरमा चिकित्सकहरूले गम्भीर यातना दिइँदा हुने आन्तरिक चोटहरू भेटेका थिए ।

बुधवार फैसला आएपछि प्रभावतीले त्यस रात आफ्नो छोरा काम गर्न गएको र छोरा फर्किन्छ भनेर म रातभरि कुरेर बसेको बताउँदै न्यायको प्रतीक्षा अब सकिएको र अरू पीडितले पनि चाँडै पाउँछन् भन्ने अपेक्षा गरेहको बताइन् । न्यायाधीशले यो ‘मृत्युदण्ड नै दिइनुपर्ने दुर्लभ मुद्धा’ भएको भन्दै दोषी ठहर भएकाहरूले मृत्युदण्डको सजाय फेर्न गरेको आग्रहलाई अस्वीकार गरिदिएका थिए ।

उनले, “कानुन कार्यान्वयन गराउने व्यक्तिहरू धन र जीवनका रक्षक हुन् मृत्युका व्यापारी हैनन् । उनीहरूले एउटा निर्दोष व्यक्तिलाई आफ्नो हिरासतमा मारेको बताए ।” यस्ता घटनाले कानुन कार्यान्वयनप्रति सर्वसाधारणको विश्वास घटेको घटेको भन्दै कडा दण्डले यातना र हिरासतमा हुने मृत्युलाई दुरुत्साहन गर्ने उनको मत थियो ।

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७५ श्रावण १४, ०८: ०५

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ श्रावण १४, ०८: ०५

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७५ श्रावण १४, ०८: ०५

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...