अमेरिकी सैनिकको शवका अवशेष फिर्ता पठाउँदै उत्तर कोरिया – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

अमेरिकी सैनिकको शवका अवशेष फिर्ता पठाउँदै उत्तर कोरिया

कोरियाली युद्धमा ५,३०० अमेरिकी सैनिकहरू मारिएको अमेरिकी अधिकारीहरूको भनाइ छ । उत्तर कोरियाले सन् १९५०को दशकको कोरियाली युद्धताका ज्यान गुमाएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउने प्रक्रिया प्रारम्भ गरेको ह्वाइट् हाउसले जनाएको छ ।

उत्तर कोरियाले सन् १९५० देखि चर्किएको कोरियाली युद्धका बेला मारिएका अमेरिकी सैनिकका शवका अंश ठानिएका अवशेषहरू अमेरिका फिर्ता पठाएको छ । वासिङ्टन र प्योङयाङबीच कूटनीतिक प्रयासहरू सावधानीपूर्वक अघि बढिरहेका बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो ।

एक अमेरिकी विमानले उत्तर कोरियाको वोन्सान विमानस्थलबाट ती शवका अवशेषहरू दक्षिण कोरियास्थित अमेरिकी सैन्य अखडा पु¥याएका बताएको छ । ती शवका अवशेषहरूलाई दशकौँदेखि आफ्ना आफन्तको पार्थिव शरीरको प्रतिक्षा गरिरहेका आफन्तहरूले स्वागत गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच जुन महिनामा भएको शिखर बैठकका बेला कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउने लगायतका द्विपक्षीय सहमति भएका थिए । सन् १९५० देखि १९५३ सम्म चर्किएको कोरियाली युद्ध सकिएको ६५ वर्षगाँठको बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो ।

त्यो युद्धका बेला अमेरिकाले आफ्ना ५,३०० सैनिकहरू गुमाएको थियो । ती मध्ये हजारौँको अवस्था अज्ञात छ । अहिले ठ्याक्कै कति सैनिकहरूका शवका अवशेषहरू उत्तर कोरियाबाट फिर्ता पठाइएको छ त्यो प्रष्ट भइसकेको छैन। उत्तर कोरियाबाट प्राप्त अवशेषहरूको परीक्षणपछि मात्र ती अमेरिकी भूमिमा फिर्ता पठाइने भनिएको छ । ह्वाइट हाउसले “अमेरिकी सरकार उत्तर कोरियाको काम र सकारात्मक परिवर्तनको क्रमबाट उत्साहित भएको“ प्रतिक्रिया दिएको छ । – बीबीसी

सम्बन्धित समाचार

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७५ श्रावण १४, ०८: ०६

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ श्रावण १४, ०८: ०६

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७५ श्रावण १४, ०८: ०६

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...