अमेरिकी पूर्वप्रमुख स्ट्यान लीको निधन – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

अमेरिकी पूर्वप्रमुख स्ट्यान लीको निधन

अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि ‘द फ्यान्टास्टिक फोर’को रचना गरे अनि ‘स्पाइडरम्यान’ र ’द इन्क्रेडिबल हल्क’ शीर्षक अन्तर्गत कमिक लेखे’ । लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा कमिक पुस्तकका बहुचर्चित लेखकको निधन भएको परिवारले जनाएको छ ।

लीको पाव इन्टरटेन्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृतले ‘पप संस्कृतिका पिता’ लीले ‘पात्रहरूको ब्रह्माण्ड’ सिर्जना गरेकोमा उनको प्रशंसा गरे । प्रमुख कार्यकारी अधिकृत शेन डफीले लीसँग ‘तुलना गर्न सकिने अर्को व्यक्ति नभएको’ बताए । लीकी श्रीमती जोआनको ९५ वर्षको उमेरमा सन् २०१७ मा निधन भएको थियो । उनीहरूकी एकमात्र छोरी जेसी ली छिन् ।

मनोरञ्जनात्मक समाचार पस्कने टीएमजी वेबसाइटसँग कुरा गर्दै जेसी लीले आफ्ना बुवा ‘एकदमै भद्र व्यक्ति’ भएको र “मेरा बुवाले आफ्ना प्रशंसकहरूका लागि रचना गरिरहनुपर्ने दायित्व महसुस गरेका थिए ।” पछिल्ला वर्षहरूमा निमोनियाँ लगायतका रोगबाट ली ग्रसित हुँदै आएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका थिए ।

रोमानियाबाट अमेरिका बसाइँसराइ गरेको एउटा कामकाजी परिवारमा सन् १९२२ मा लीको जन्म भएको थियो । टाइम्ली पब्लिकेसन्सको कमिक शाखामा उनले काम थालेका उनी १८ वर्षको उमेरमा कमिक्सका सम्पादक भएका थिए । उनले कैयौँ वर्षसम्म अपराध, डराउने कथा र पश्चिमा युवा लक्षित कथाहरूमा आधारित कमिक लेख्दै आएका थिए ।

सम्बन्धित समाचार

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु
  • २०७५ मंसिर ३, ०७: ५३

काठमाडौं : चीनको तिब्बतस्थित पहाडी क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते...

साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
साउदी अरबका विमानस्थलमा हुथी विद्रोहीको भीषण शृङ्खलाबद्ध आक्रमण: १८ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
  • २०७५ मंसिर ३, ०७: ५३

काठमाडौँ — यमनका इराननिकट हुथी विद्रोहीहरूले साउदी अरबका विभिन्न रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै भीषण र शृङ्खलाबद्ध हवाई आक्रमण सुरु गरेका...

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ मंसिर ३, ०७: ५३

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...