
नयाँ विकल्प,
काठमाडौं – नाइजेरियामा शसस्त्र समूहको आक्रमणमा परी ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दुकधारीहरुले हत्या गरेका हुन् । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जुरू जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय सुरक्षा श्रोत र स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटना सोमबार भएपनि प्रहरीले मङ्गलबार मात्रै घटनाका बारेमा जानकारी दिएको हो । प्रहरीले घटनास्थलबाट ५७ जनाको शव निकालिएको बताएपनि स्थानीयले भने ६२ जनाको मृत्यु भएको दावी गरेका छन् । नाइजेरियामा शसस्त्र लुटेराहरुले स्थानीय बासिन्दालाई कुटपिट गर्ने, हत्या गर्ने र लुटपाट गर्ने गरेकाले प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूहको व्यवस्था गरिएको छ ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...