
नयाँ विकल्प,
काठमाडौं – एलभिभ सहरमा आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ । रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जनाएका छन् । एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेको छ, “दुर्भाग्यवश हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।” रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौँ मानिस विस्थापित भएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका शहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् ।
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...
काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...