डाभोसमा नेताहरूको जलवायु परिवर्तनको चिन्ता – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

डाभोसमा नेताहरूको जलवायु परिवर्तनको चिन्ता

स्विट्जरल्यान्डको डाभोसमा संसारभरिका नेता, उद्योगपति तथा अन्य प्रतिनिधिहरूले जलवायु परिवर्तनका सम्बन्धमा पहिलेभन्दा बढी चिन्तित देखिएका छन् ।

उनीहरु निजी जेट विमान चढेर डाभोसमा पुगेका थिए । यस वर्षको सम्मेलनमा भाग लिनका लागि रेकर्ड संख्यामा निजी जेट विमान प्रयोग गरिएको हो । एयर चार्टर सर्भिसको अनुमान अनुसार, स्विस आल्प्समा रहेको डाभोस नजिकको विमानस्थलमा १५ सय जेट विमान उत्रेका छन् ।

कुनै वाणिज्यिक उडानमा नभई यहाँ आउने प्रतिनिधि निजी जेटको आरामदायक उडानलाई महत्व दिइरहेका छन् । अघिल्लो वर्ष वल्ड इकोनोमिक फोरममा १३ सयभन्दा बढी विमान पुगेका थिए ।
डाभोसमा लगभग दुई हजार विमान ओर्लने अनुमान थियो ।

जुरिख विमानस्थलमा ओर्लेपछि केही प्रतिनिधि कार वा ट्रेनमा दुईदेखि तीन घन्टाको यात्रा गरेर डाभोस पुगेका हुन् । अत्यधिक विमानको उडानले पर्यावरणमा क्षति पुग्ने वातावरणविद्हरूको भनाइ छ । वल्ड इकोनोमिक फोरमका आयोजकहरूले यो वार्षिक सम्मेलनलाई पर्यावरणीय दृष्टिबाट दिगो बनाउने प्रयास गरिएको बताए । यसका लागि धरातलीय स्तरमा काम भइरहेको उनीहरूको भनाइ छ । –बीबीसी

सम्बन्धित समाचार

युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
युक्रेनमाथि रुसको भीषण हमला: ३ बालबालिकासहित १२ को मृत्यु, ऊर्जा र यातायात क्षेत्रमा ठूलो क्षति
  • २०७५ माघ १४, १०: ३१

काठमाडौँ — रुसले युक्रेनको राजधानी किभसहित एक दर्जनभन्दा बढी क्षेत्रहरूमा रातभरिदेखि बुधबारसम्म भीषण मिसाइल र ड्रोन आक्रमण गरेको छ। रुसको...

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु भएपछि ३ दिने राष्ट्रिय शोक घोषणा
  • २०७५ माघ १४, १०: ३१

काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार...

भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
भारतीय प्रधानमन्त्री मोदीको २५ वर्षे निरन्तर नेतृत्व : मन्त्रिपरिषद्ले पारित गर्‍यो बधाई प्रस्ताव
  • २०७५ माघ १४, १०: ३१

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा निरन्तर २५ वर्ष नेतृत्व पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बधाई...