
नयाँ विकल्प,
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्युएचओ’ का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् ।
महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने छन् ।
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...
काठमाडौं : जनकपुरबाट पैदल यात्रा गर्दै काठमाडौंतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । आफ्ना...