नयाँ विकल्प,
काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिवएन्टोनियो गुटर्रेसले पाकिस्तानको कराँचीमा भएको हत्याकाण्डको निन्दा गरेका छन् । पाकिस्तानको कराँचीमा अवस्थित कराँची विश्वविद्यालयमा मंगलबार दिउँसो हिंसात्मक हमला भएको थियो । सो आक्रमणमा परी कैयौँ व्यक्तिको ज्यान गएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका उपप्रवक्ता फराह हकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्न भएकाहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताएका हुन् ।
शिक्षण संस्था एवं शिक्षकहरुलाई यसरी हमला गर्नु भनेको मानवीय अपराध बाहेक अरु केही नभएको भन्दै यस्ता अपराधमा संलग्न भएका व्यक्तिको खोजी गरी तिनीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा महासचिव गुटेरेसले जोड दिनुभएको उनका उपप्रवक्ता हकले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...