
नयाँ विकल्प,
एजेन्सी – इस्लामिक स्टेट्स समूहले आइतबार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ ।
हालै जारी रहेको रमजान उपवास महिनामा गएको दुई हप्तायता भएका घातक आक्रमणहरूमा परी दर्जनौं व्यक्ति मारिनुको साथै घाइते भएका समाचारमा जनाइएको छ ।
राजधानी काबुलमा भएको बस आक्रमणमा परी एक महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका यहाँँको प्रहरीले जनाएको छ ।
गत शुक्रबारको मस्जिदमा भएको बम विष्फोटको जिम्मा कुनै समूहले लिएको छैन, तर बसमा भएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...