
नयाँ विकल्प,
काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौतामा पुग्न रुसलाई केही भू–भाग दिनुपर्ने भन्ने सल्लाहप्रति आक्रोशपूर्ण जवाफ दिएका छन् । जेलेन्स्कीले यस्तो कदमलाई नाजी जर्मनीलाई खुसी बनाउने कदमसँग तुलना गरे ।
यो साता ड्याभोसमा ‘वर्ल्ड इकोनोमिक फोरम’ ले आयोजना गरेको सम्मेलनमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले युक्रेनले रुसलाई क्रिमिया छाडिदिनु पर्ने बताएका थिए ।
सन् १९३८ मा ब्रिटेन, फ्रान्स, इटाली र जर्मनीबीच म्युनिख सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौताले हिटलरको थप विस्तारवादी अभियानलाई रोक्न भन्दै तत्कालिन चेकोस्भालाकियाको भूमि दिएको थियो ।
‘केही पश्चिमी मिडिया सम्पादकीय लेखेर युक्रेनलाई शान्तिको बदला तथाकथित कठिन सम्झौता स्वीकार्न भनिरहेका छन् । सम्भवतः द न्युयोर्क टाइम्सले सन् १९३८ मा पनि यस्तै लेखेको थियो होला । म के स्मरण गराउन चाहन्छु भने हामी अहिले २०२२ मा छौं’ जेलेन्स्कीले भने ।
मे १९ मा द न्युयोर्क टाइम्सको सम्पादकीय बोर्डले लेखेको सम्पादकीयमा भनेको थियोः ‘किएभको सैन्य विजय यथार्थपरक नरहेको अवस्थामा वार्तामा मार्फत शान्ति ल्याउनका लागि किएभले कठिन निर्णय गर्नुपर्ने हुनसक्छ ।’
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...