पाकिस्तानमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु, सात बेहोस – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

पाकिस्तानमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु, सात बेहोस

नयाँ विकल्प,

एजेन्सी – पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मंगलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए ।

बेहोस भएको व्यक्तिलाई बाहिर निकाल्न अन्य सात जना इनारभित्र पसेका थिए दुर्भाग्यवश उनीहरु पनि बेहोस परेको सिन्ह्वाले उल्लेख गरेको छ ।

उक्त खबर पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको समाचारमा जनाइएको छ । सो घटनामा परी निसास्सिएर पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ।

सम्बन्धित समाचार

सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
  • २०७९ असार १४, २१: १८

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २०७९ असार १४, २१: १८

काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...

चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
  • २०७९ असार १४, २१: १८

काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...