
नयाँ विकल्प,
एजेन्सी – जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए ।
जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो । उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो ।
करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो । न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्निनियन्त्रक ढलमुनि झरेर बालकलाई माथि तानेका थिए ।
उक्त स्थान उनको घरबाट ३०० मिटर टाढा थियो । उनलाई कुनै चोटपटक नलागेको र खतरामुक्त रहेको प्राप्त विवरणमा जनाइएको छ । सुक्ष्म रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरेको छ ।
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ स्थित नवलपुर पुल नजिक बसको ठक्करपछि एक यात्रुवाहक कार सुनकोसी नदीमा खसेको छ। जिल्ला प्रहरी...
काठमाडौं : सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सोमबार फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कार...
काठमाडौं : आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह...