विद्युतीय स्कुटरको शोरुममा आगलागी, ६ जनाको मृत्यु – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

विद्युतीय स्कुटरको शोरुममा आगलागी, ६ जनाको मृत्यु

एजेन्सी । भारतको तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले मृतकलाई २ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

होटलको भुईं फ्लोरमा रहेको विद्युतीय स्कुटर शोरुममा आगलागी भएको हो । आगलागीबाट निस्किएको धुवाँले होटलको पहिलो र दोस्रो तलामा भएकालाई समस्या भएको छ । केही मानिस भवनबाट हाम फालेका थिए।

उनीहरूलाई स्थानीयले बचाएका छन् । ती मानिसहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । विद्युतीय स्कुटरको ब्याट्रीमा सर्ट सर्किट वा ओभर चार्ज भएर पनि आगलागी भएको हुन सक्ने आशंका गरीएको छ ।

घटनाको समयमा होटलमा २३ जना थिए । तीमध्ये अधिकांश व्यवसायी छन् । मृत्यु हुने ६ जनामध्ये एक महिला छन् । कतिपयले आफ्नो ज्यान जोगाउन होटलबाट हाम फालेकाे बताइएकाे छ ।

 

सम्बन्धित समाचार

सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
  • २०७९ भाद्र २८, ११: ०५

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा निधन भएको छ। देवानगञ्ज गाउँपालिका–३ का २१...

सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु
सुनसरी घटनाका अर्का घाइतेको पनि मृत्यु
  • २०७९ भाद्र २८, ११: ०५

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं प्रहरी...

दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउने
  • २०७९ भाद्र २८, ११: ०५

काठमाडौं : भारतको दिल्ली प्रदेश सरकारकी मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन...