बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

बागमतीमा राजनीतिक निकास खोज्दै मुख्यमन्त्री बानियाँ, दलहरूलाई दिए दुई विकल्प

ललितपुर : बागमती प्रदेशमा विकसित राजनीतिक अन्योल समाधान गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलहरूलाई स्पष्ट दुई विकल्प अघि सारेका छन्। सोमबार ललितपुरस्थित बागमती प्रदेश सुशासन केन्द्रमा आयोजित सर्वदलीय बैठकमा उनले या त बहुमत जुटाएर नयाँ सरकार गठनको दाबी गर्न वा आफूले विश्वासको मत लिँदा सहयोग गर्न आग्रह गरेका हुन्।

बैठकमा मुख्यमन्त्री बानियाँले प्रदेशको राजनीतिक अस्थिरताले विकास निर्माण र सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको उल्लेख गर्दै सहमति र सहकार्यबाट मात्रै दीर्घकालीन निकास सम्भव हुने बताए। उनले राजनीतिक समाधानका लागि आफू लचकताका साथ अघि बढ्न तयार रहेको सन्देश दिएका थिए।

बैठकमा सहभागी रत्नप्रसाद ढकालका अनुसार मुख्यमन्त्रीले विपक्षी दलहरूलाई तुरुन्त बहुमत जुटाएर सरकार गठनको प्रक्रिया अघि बढाउन वा वर्तमान सरकारलाई निरन्तरता दिन विश्वासको मतमा समर्थन गर्न प्रस्ताव गरेका थिए।

ढकालले भने, “पार्टीका शीर्ष नेतृत्वले बनाएको नयाँ गठबन्धनअनुसार केही दिनमै सरकारको नेतृत्व दाबी गर्ने जानकारी गराएका छौँ। अल्पमतमा परेको सरकारले लामो समयसम्म सत्ता सम्हालिरहनु उचित हुँदैन, त्यसैले छिट्टै मार्ग प्रशस्त गर्न आग्रह गरेका छौँ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र अन्य दलहरूबीच नयाँ सत्ता समीकरणको प्रयास भइरहेका बेला यो बैठक बोलाइएको हो। यसअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

यता, सम्भावित नयाँ गठबन्धनले बहुमत सुनिश्चित गर्न नसकेको अवस्थामा भने मुख्यमन्त्री बानियाँ आफ्नै नेतृत्वमा सरकार जोगाउने रणनीतिमा छन्। विशेषगरी अन्य साना दलहरूको समर्थन जुटाएर सत्ता निरन्तरता दिने विकल्प पनि खुला राखिएको छ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री बानियाँसँगै पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा, शालिकराम जम्कट्टेल, जगन्नाथ थपलिया, उद्धव थापा, शैलेन्द्र बज्राचार्य र सुरेन्द्रराज गोसाईं लगायतका नेताहरूको सहभागिता रहेको थियो।

प्रदेशको सत्ता समीकरणबारे केही दिनभित्रै स्पष्ट तस्वीर देखिने संकेत बैठकले दिएको छ।

सम्बन्धित समाचार

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ श्रावण १८, १९: २०

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण १८, १९: २०

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ श्रावण १८, १९: २०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...