पहिरोमा परी मर्नेको सङ्ख्या ४३ पुग्यो – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

पहिरोमा परी मर्नेको सङ्ख्या ४३ पुग्यो

एजेन्सी । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पहिरोमा परी मर्नेको सङ्ख्या ४३ पुगेको छ । भग्नावशेषमा अझै एक जना बेपत्ता भएको सरकारी मिडियाले बताएका छन् ।

युनान प्रान्तको झेन्सियोङ काउन्टीमा गएको पहिरोमा १८ घर पुरिएको र दुई सयभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा थप नौ शव प्राप्त भएको र यसले बुधबार मर्नेको सङ्ख्या ३४ लाई बढाएर ४३ पुर्याएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले बताएको छ ।

राष्ट्रपति सि जिनपिङले सोमबार ‘पूर्ण’ उद्धार प्रयास गर्न आदेश दिएका थिए । प्रकोपपछि दुई सय उद्धारकर्मीले पुरिएका गाउँलेहरूको खोजीमा चिसो मौसम र हिउँको तहको सामना गर्नुपरेको छ ।

सरकारी मिडियाले साझा गरेको तस्बिरहरूमा हेलमेट, फेस मास्क र चम्किलो सुन्तला रङको कपडा लगाएका उद्धारकर्मीहरूले जीवित मानिस खोज्नका लागि रातभर खनिरहेको देखाइएको छ । दर्जनौँ दमकल र खन्ने उपकरणहरू पनि त्यहाँ देख्न सकिन्छ ।

सम्बन्धित समाचार

दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
  • २०८० माघ ११, २०: १६

काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित...

डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो
  • २०८० माघ ११, २०: १६

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  • २०८० माघ ११, २०: १६

काठमाडौँ : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको...