
काठमाडौं : भारतका विदेशमन्त्री एस जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिइने चेतावनी दिएका छन् । इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन् ।
भारत-इरानमैत्री सन्धिको ७५औं वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अरघची अहिले भारत भ्रमणमा छन् ।
भारतीय विदेशमन्त्री जयशंकर स्वयंले एक्समार्फत बताएअनुसार अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणबारे इरानी विदेशमन्त्रीलाई जानकारी दिँदै उक्त चेतावनी दिएका हुन् ।
उनले भने, ‘यो आक्रमणले हामीलाई सीमापार (पाकिस्तानमा) आक्रमण गर्न बाध्य बनायो ।’
पहलगाम आक्रमणपछि भारतले मे ७ मा ‘आतंकवादी लुक्ने ठाउँहरू’लाई लक्ष्य गरी सीमापार आक्रमण गरिएको जयशंकरले बताए ।
उनले भने, ‘हामी तनाव बढाउन चाहँदैनौँ, तर यदि हामीविरुद्ध सैन्य कारबाही गरियो भने हामी धेरै कडा प्रतिक्रिया दिनेछौँ भन्नेमा कुनै शंका छैन।’
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...
काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...