भारतमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

भारतमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौंः भारतको मध्य राज्य छत्तीसगढमा ट्रकसँग गाडी ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

१४ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । राज्यको राजधानी रायपुर नजिकै दुर्घटना भएको थियो । पीडितहरू आफ्ना एक आफन्तको घरमा आयोजित कार्यक्रममा भाग लिएर घर फर्किरहेका थिए ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

राज्यका पूर्वमुख्यमन्त्री भूपेश बघेलले मिडियालाई बताएअनुसार हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको संख्यामा वृद्धि भएको छ । राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८२ बैशाख ३०, १२: ००

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८२ बैशाख ३०, १२: ००

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८२ बैशाख ३०, १२: ००

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...