अहमदाबाद विमान दुर्घटनाः भारतीय राष्ट्रपति, प्रधानमन्त्री, सत्तासिन तथा विपक्षी दलका नेता तथा कलाकारद्वारा शोक व्यक्त – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

अहमदाबाद विमान दुर्घटनाः भारतीय राष्ट्रपति, प्रधानमन्त्री, सत्तासिन तथा विपक्षी दलका नेता तथा कलाकारद्वारा शोक व्यक्त

एजेन्सी : अहमदावादमा भएको विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छन् ।

बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।

राष्ट्रपति द्रोपदी मुर्मूले राष्ट्रपति मुर्मूले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यो हृदयविदारक विपत्ति भएको बताएकी छन् ।

राष्ट्रपति मुर्मूले ट्वीटरमा लेखेकी छन्, “अहमदाबादमा भएको विमान दुर्घटनाको खबरले म निकै दुःखी छु । यो हृदयविदारक विपत्ति हो ।”

उनले अगाडी भनेकी छन्, “दुःखको यस घडीमा दुर्घटनाबाट प्रार्थना प्रभावित सबैमा समवेदना । अवर्णनीय दुःखको यस घडीमा राष्ट्र पीडित परिवारजन र उनीहरूका आफन्तको साथमा उभिनेछ ।”

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, “अहमदाबादको यो दुःखद घटनाले हामीलाई स्तब्ध तुल्याउनुका साथै दुःखी पनि बनाएको छ। यो शब्दमा व्यक्त नै गर्न नसकिने गरी हृदयविदारक घटना हो। यो दुःखको घडी हो र यसबाट प्रभावित सबैमा मेरो सहानुभूति छ। म प्रभावितहरूलाई सघाउन लागि परेका मन्त्री तथा अधिकारीहरूसँग सम्पर्कमा रहेको छु।”

त्सैगरी, कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी, काङ्ग्रेस सांसद तथा लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले लण्डनका लागि उडेका एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष गान्धीले भनेकी छन्, “अहमदाबादमा भएको विमान दुर्घटनाबाट म स्तब्ध र दुःखी छु । यात्रु र चालक दलका सदस्यका परिवारप्रति मेरो समवेदना छ । दृश्यहरू अत्यन्त्यै हृदयविदारक छन्। सिङ्गो देश शोकले आक्रान्त छ र प्रार्थना गरिरहेको छ।”

राहुल गान्धीले काङ्ग्रेस कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

गान्धीले भने, “यो अविश्वसनीय कठिन प्रशासनद्वारा तत्काल उद्धार र राहत प्रयासहरू गर्नु महत्त्वपूर्ण हुनेछ।”

दुर्घटनाप्रति शोक व्यक्त गर्दै देशका अन्य दल, तिनीहरूका नेता, कलाकार तथाउद्यमीहरूले पनि सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गर्दै राहतका लागि कुनै कसुर बाँकी नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
  • २०८२ जेष्ठ २९, २१: ३४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...

धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
धार्मिक सहिष्णुता कायम राख्न नेपाल पत्रकार महासंघको अपिल, हिंसात्मक घटनाप्रति चिन्ता
  • २०८२ जेष्ठ २९, २१: ३४

काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
  • २०८२ जेष्ठ २९, २१: ३४

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...