
एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन संवाद भएको छ । भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार हालै पहलगाममा भएको आतंककारी आक्रमणपछि दुई नेताबीच पहिलो पटक सम्पर्क भएको हो ।
विदेश सचिव मिस्रीले बताएअनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग भारतद्वारा सञ्चालित ‘अप्रेसन सिन्दूर’बारे विस्तृत जानकारी दिएका थिए ।
प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई स्पष्ट रूपमा भनेका छन् कि पछिल्लो घटनाक्रमको दौरानमा कुनै पनि स्तरमा भारत–अमेरिका व्यापार सम्झौता वा भारत–पाकिस्तानबीचको विवादमा अमेरिकी मध्यस्थता विषयमा कुनै छलफल भएको छैन ।
यसबारे मिस्रीले भने, “प्रधानमन्त्रीले बताएअनुसार भारत र पाकिस्तानबीच सीजफायरको विषय पनि दुई देशका सेनाबीच स्थापित प्रत्यक्ष संवादमार्फत् भएको हो, जुन पाकिस्तानको आग्रहमा भएको थियो । भारतले कुनै प्रकारको मध्यस्थता स्वीकार गरेको छैन, गर्दैन र भविष्यमा पनि गर्ने छैन । यस विषयमा भारतको राजनीतिक सहमति एकमत छ ।”
संवादका क्रममा राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीका कुरा ध्यानपूर्वक सुनेको र भारतको आतंकविरुद्धको संघर्षप्रति समर्थन व्यक्त गरेको मिस्रीले जानकारी दिए । प्रधानमन्त्री मोदीले भनेका थिए, “भारत अब आतंकवादलाई ‘प्रोक्सी वार’ होइन, प्रत्यक्ष युद्धकै रूपमा हेर्छ । अप्रेसन सिन्दूर अहिले पनि जारी छ ।”
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका...
काठमाडौं : नेपाल पत्रकार महासंघले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका प्रदर्शन र झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता,...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायतका क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील...