बजेट कार्यान्वयनबारे अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल – Naya Bikalpa
November 18, 2026, Wednesday      Epaper

बजेट कार्यान्वयनबारे अर्थ र स्वास्थ्य मन्त्रालयबीच छलफल

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३  को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सात वटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए ।

अर्थमन्त्री पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डाक्टर, नर्सलगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए ।

सो अवसरमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपीआर, जलनलगायत विषयमा छलफल भएको थियो ।

सम्बन्धित समाचार

स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
स्वयंसेवक परिचालनका लागि ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग
  • २०८२ श्रावण १९, १३: २५

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...

मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
मानव बेचबिखनसम्बन्धी विधेयकमाथि विज्ञसँग छलफल हुँदै
  • २०८२ श्रावण १९, १३: २५

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने भएको...

सबैको मिशन आगामी स्थानीय निर्वाचन
सबैको मिशन आगामी स्थानीय निर्वाचन
  • २०८२ श्रावण १९, १३: २५

काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...