
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार प्रदेश सभाको बैठकमा विश्वासको मतको पक्षमा ६३ मत र विपक्षमा २२ मत पर्यो । ७ मत तटस्थ रह्यो । सभामा ९२ सांसद उपस्थित थिए ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा माअोवादी केन्द्रसहित, राप्रपा, नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मतदान गरेका थिए । हाम्रो पार्टी नेपालका दुई सांसद सदनमै अनुपस्थित भए भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो ।
साउन २० गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री नियुक्त भएका थिए ।
काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...
काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...