कस्ता कस्ता छन् प्रदेश प्रमुख, सातवटै प्रदेश प्रमुख सचिव पनि तोकिए – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

कस्ता कस्ता छन् प्रदेश प्रमुख, सातवटै प्रदेश प्रमुख सचिव पनि तोकिए

डा. गोविन्द सुब्बा
प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त भएका सुब्वा धनकुटा निवासी हुन् । उनी विभिन्न एनजिओ र आइएनजिओमा कार्यरत छन् । सुरुमा कम्युनिष्ट राजनीतिमा लागेका सुब्वा जनतम संग्रहपछि काँग्रेसमा प्रवेश गरेका थिए । सुब्बाअंग्रेजी विषयका प्राध्यापक हुन् । धनकुटाको सिधुवा प्राविबाट प्राथमिक शिक्षा हासिल गरेका उनले गोकुण्डेश्वर माविबाट एसएलसी पास गरेको हो ।

धनकुटा क्याम्पसबाट प्रमाणपत्र र स्नातक तह उत्तीर्ण सुब्बाले र्तिपूर बहुमुखी क्याम्पसबाट अंग्रेजीमा स्नातकोत्तर गरेको छ । उनले भाषा विज्ञानमा विद्यावारिधि गरेका छन् । उनी अहिले नेपाल तथा एसियाली अनुसन्धान केन्द्र(सिनास) मा भाषा विज्ञानका प्राध्यापक छन् ।

रत्नेश्वरलाल कायस्थ
प्रदेश नं २ को प्रमुखमा नियुक्त भएका कायस्थ नेपाल सरकारका पूर्व सचिव हुन् । महोत्तरी निवासी कायस्थ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत हुन् । कायस्थ संघीय समाजवादी फोरमका केन्द्रीय सचिव हुन् । उनले लण्डनको इम्पेरियल कलेजबाट भूविज्ञानमा एमएस्सी गरेका छन् । उहाँ जलस्रोत विज्ञका रुपमा पनि परिचित छन् ।

अनुराधा कोइराला
प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला चर्चित समाजसेवी हुन् । समाजसेवामा राम्रो छवि बनाँउदै आएकी कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । उनले कालिम्पोङको सेन्ट जोसेफ कन्भेन्ट स्कूलमा अध्ययन गरेकी हुन् । मदर टेरेसालाई आफ्नो प्रेरणाको श्रोत बताउने कोइरालाले काठमाडौंमा झण्डै २० वर्ष अध्यापन गरेकी छन् ।

सन् २०१० मा कोईराला सिएनएन हिरो बनेकी थिईन् । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा सहायक महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री समेत बनेकी उनी केही समयअघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छन् ।

बाबुराम कुवँर
प्रदेश नं ४ को प्रदेश प्रमुखको लागि नियुक्त भएका बाबुराम कुवँर पूर्वमहान्यायधिवक्ता हुन् । अर्घाखाँची घर भएका कँुवर तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा महान्यायधिवक्ता थिए । कुँवर नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्षसमेत हुन् ।संवैधानिक विषय तथा फौजदारी कानूनका विशेष ज्ञाताका रुपमा समेत उनी परिचित छन् ।

उमाकान्त झा
प्रदेश नं ५ को प्रदेश प्रमुखमा नियुक्त भएका उमाकान्त झा पूर्वसिंचाई तथा ऊर्जा सचिव हुन् । उनी तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री समेत भएका थिए । झा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरका सम्धी हुन् ।

दुर्गा किशोर खनाल
प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनाल पञ्चायत कालदेखि नै कांग्रेसका नेता हुन् । सुर्खेत निवासी दुर्गा किशोर खनाल पूर्व शिक्षक र सांसद पनि हुन् । बहुदल आएपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । उनले नेपाली अखबारमा नियमित रुपमा समसामयिक विषयमा कलम चलाउदै आएका छन् ।

मोहनराज मल्ल
प्रदेश ७ को प्रमुखमा नियुक्त भएका मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायतका सदस्य हुन् । कैलाली घर भएका मल्ल केहि समय अघि मात्र काग्रेसमा प्रवेश गरेका थिए । यसैबीच सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।

प्रदेश नम्बर १ मा धनकुटामा कार्यरत क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहलाईसचिवमा खटाइएको छ भने प्रदेश २ मा कामु सचिव यादव कोइरालालाई कामुसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै ३ नम्बर प्रदेशमा रेश्मीराज पाण्डे, ४ नम्बरमा लक्ष्मण अर्याल, ५ नम्बरमा शंकर पाठक, ६ नम्बरमा सुरेश प्रधान र ७ नम्बरमा लक्ष्मीराज पौडेल प्रमुख सचिव भएका छन् ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७४ माघ १५, ०८: ५३

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७४ माघ १५, ०८: ५३

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७४ माघ १५, ०८: ५३

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...